काठमाडौं, २ जेठ । बिना विभागीय मन्त्री धनबहादुर मास्कीले लुम्बिनी प्रदेशको आर्थिक मामिला मन्त्रालयको जिम्मेवारी पाएका छन् ।
मास्की गत वैशाख १४ गते बिनाबिभागीय मन्त्रीमा नियुक्त भएका थिए ।
माओवादी केन्द्रका नेता मास्कीसँगै मन्त्री नियुक्त भएका नागरिक उन्मुक्ति पार्टीका धर्मबहादुर चौधरी र लोसपाका सन्तोष पाण्डेले अझै कुनै पनि मन्त्रालयको जिम्मेवारी पाएका छैनन् ।
लुम्बिनीमा नेपाली कांग्रेसको तर्फबाट डिल्लीबहादुर चौधरी नियुक्त भएका छन् ।