काठमाडौं, २ जेठ । प्रतिनिधि सभा अन्तर्गतका १० वटा समितिका बैठक आज एकैदिन बस्दैछन् । मंगलबार बिहान ९ बजेदेखि बैठक बोलाइएको हो । लामो समयदेखि संसदीय समितिहरु क्रियाशील थिएनन् ।
समितिको सभापति चयन नभइसकेकाले ज्येष्ठ सदस्यले बैठकको अध्यक्षता गर्नेछन् । ज्येष्ठ सदस्यले नै समितिका सदस्यहरुको स्वागत, परिचयको कार्यक्रम र कार्यक्षेत्रबारे जानकारी गराउने छन् ।
प्रतिनिधिसभा मातहत अर्थ, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन, उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित, कानून, न्याय तथा मानवअधिकार, कृषि सहकारी तथा प्राकृतिक स्रोत, महिला तथा सामाजिक मामिला, राज्यव्यवस्था तथा सुशासन, पूर्वाधार विकास, शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि र सार्वजनिक लेखा समिति छन् । यी १० वटै समितिको आज बैठक बोलाइएको हो ।