काठमाडौं, ३१ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डसहित प्रमुख शीर्ष दलका तीन नेता छलफलमा जुटेका छन् ।
दाहालसहित नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली बालुवाटारमा छलफलमा जुटेका हुन् ।
केही समय पानी बाराबार सम्म भएका प्रधानमन्त्री दाहाल र ओलीबीच पछिल्लो समय नक्कली भुटानी शरणार्थी प्रकरणका कारण भेटघाटको क्रम बाक्लिएको छ ।
सोही प्रकरणमा मुछिएका र प्रहरीले पक्राउ पुर्जी जारी गरेको एमालेका सचिव टोपबहादुर रायमाझी फरार छन् भने कांग्रेस नेता बालकृष्ण खाँण पक्राउ परेका छन् ।