मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्छः अध्यक्ष केसी | ईमाउण्टेन समाचार

Our Network

वैशाख २१ २०८१, शुक्रबार

मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्छः अध्यक्ष केसी

काठमाडौं । नेपाल बैंकर्स संघका अध्यक्ष सुनिल केसीले मौद्रिक नीतिको समिक्षाले बैंकिङ क्षेत्रको सन्तुलन कायम गर्ने बताउनुभएको छ ।

अध्यक्ष केसीले मौद्रिक नीतिको तेस्रो त्रैमासिक समिक्षाको बैंकर्स संघले स्वागत गरेको भन्दै बैंकिङ क्षेत्रमा देखिएका समस्या केन्द्रित भएर सन्तुलन कायम गर्ने आएको बताउनुभएको हो । उहाँले शुक्रवार न्युज एजेन्सी नेपालसँग मौद्रिक नीतिको समिक्षाका विषयमा प्रतिक्रिया दिँदै अर्थतन्त्रको चुृनौति र समस्या समाधान गर्ने कोशिस गरेको बताउनु भयो ।

उहाँले मौद्रिक नीतिको समिक्षामा बैंकिङ क्षेत्रमा देखिएका समस्यालाई समेटिएर सन्तुलन रुपमा ल्याएको बताउनु भयो। उहाँले मौद्रिक नीतिको समिक्षाले बैंकको खराब कर्जा बढ्ने, कर्जाको माग कम हुने जस्ता चुनौतिलाई समाधान गर्न विशेष जोड दिएको बताउनु भयो । उहाँले होटल तथा रेष्टुरेण्ट, पशुपंक्षीपालन, निर्माण क्षेत्रले दिएको बैंकको कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले कर्जा संकलनमा देखिएको समस्यालाई सहज बनायने बताउनु भयो। उहाँले कर्जा पुनःसंरचना र पुनःतालिकीकरण गर्न पाउने व्यवस्थाले अफ्ठ्यारोमा परेको उत्पादन उद्योग र निर्माणलाई मद्दत गर्ने बताउनु भयो।

उहाँले मौद्रिक नीतिले स्थायी तरलता सुविधा (एसएलएफ) प्रदान गर्ने बैंक दर १ प्रतिशतले घट्दा तत्काल बैंक कर्जाको ब्याजदरमा असर नपर्ने बताउनु भयो। उहाँले पछिल्लो समय नीतिगत व्यवस्था अनुसार बैंकको निक्षेप र कर्जाको ब्याजदर कम हुँदै गएको बताउनु भयो। उहाँले डिभेन्चरको काउण्टलाई डिपोजिटमा काउण्ट गर्ने व्यवस्था पुस मसान्तसम्म पुनःसंरचना र पुनःतालिकीकरण गर्दा १०० अर्बको बैकिङ क्षेत्रलाई उपलब्ध हुनसक्ने बताउनु भयो। उहाँले १०० अर्ब रुपैयाँ बैंकिङ क्षेत्रमा आउँदा तरलतालाई सहजता आउने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);