पोलिटब्युरोमा बस्नेतले भने– संघियताको पुनरावलोकन र प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्था गरौं | ईमाउण्टेन समाचार

Our Network

वैशाख ३१ २०८१, सोमबार

पोलिटब्युरोमा बस्नेतले भने– संघियताको पुनरावलोकन र प्रत्यक्ष निर्वाचित सरकार प्रमुखको व्यवस्था गरौं

काठमाडौं । नेकपा एमालेका पोलिटब्युरो सदस्य महेश बस्नेतले संघियताको पुनराबलोकन गर्नुपर्ने माग गरेका छन् ।

एमालेको जारी केन्द्रीय कमिटी बैठकमा बस्नेतले बुदाँगत रुपमा आफ्ना सुझाँवहरु दिएका थिए । जसमा उनले संघियताको पुनराबलोकन गर्नुपर्ने सँगै शासकिय स्वरुप प्रत्यक्ष निर्वाचित सरकार प्रमुख बनाउनुपर्ने माग गरेका छन् ।

निर्बाचन कम खर्चिलो अनाउनका साथै राजनैतिक स्थिरताको लागी दुइ दलिय ब्यवस्था अथबा ५५ थ्रेस होल्ड राख्नुपर्ने उनको भनाई छ । बस्नेतले दुई कार्यकाल प्रधानमन्त्री, ३ कार्यकाल मन्त्री र ४ कार्यकाल सांसद भन्दा बडि हुन नपाउने संबैधानिक ब्यबस्था गर्न समेत माग गरेका छन् ।

आजको बैठकमा बस्नेतले देश भक्त, जनबादी र प्रगतिशील शक्तिहरुको बीचमा एकता अभियान चलाउदै साम्रज्यबादी , सामन्तबादी, यथस्थितिबादी र सस्तो लोकप्रीयताबादी हरुका बिरुद्ध र तिनले शृजना गरेका भ्रम चिर्न लाग्नुपर्ने धारणा राखेका थिए ।

सोसियल मिडिया र मिडिया परिचालन , कानुनी क्षेत्र , प्रचारको क्षेत्र , युवा बिध्यार्थीको परिचालन , परराष्ट्र क्षेत्र , प्रबासको काम कमजोर भएकोले यो क्षेत्रमा सहि स्मार्ट र क्रियटिभ नेतृत्वलाई जिम्मा दिन पार्टीको बैठकमा माग गरेका छन् । उनले पार्टी नेताहरु र जनप्रतिनिधिहरुको सम्पति बिबरण सार्बजनिक गर्न र बर्षै पिच्छे अध्याबधिक गर्नुपर्ने धारणा राखे । ‘युवाहरुलाई उनीहरुको आधारभु आवश्यक्ता पुरा गराउन शिक्षा , स्वास्थ्य , रोजगारी र उध्यमशीलता बिकास हुने गरि निर्बाचित जनप्रतिनिधिहरुलाई खटाउने र पार्टी कमिटी पनि सोहि उद्देश्य पुरा गर्ने गरि दक्ष साथीहरु राखेर जाउ,’बस्नेतले भने ।

साथै उनले बिज्ञ सदस्य बनाएर बिबिध क्षेत्र, पेशागत , ब्यबसायीक र सामाजिक क्षेत्रका १६ देखि २५ बर्षका नव युवा र महिलाहरुलाई फोकस गरेर डिजिटल सदस्यता आव्हान गर्न पार्टी नेतृत्वसँग माग गरेका छन् ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);