संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छ : अध्यक्ष यादव | ईमाउण्टेन समाचार

Our Network

भदौ १८ २०८३, शुक्रबार

संघीय गठबन्धनकै आधारमा मधेस सरकार पुनःगठन हुन्छ : अध्यक्ष यादव

upendra

काठमाडौं, २९ वैशाख । जनता समाजवादी पार्टी, नेपालका अध्यक्ष उपेन्द्र यादवले संघ सरकारकामा भएको गठबन्धनकै आधारमा मधेस प्रदेश सरकार पुनःगठन हुने बताउनुभएको छ । शुक्रवार जनकपुरमा पत्रकार सम्मेलनमा बोल्दै अध्यक्ष यादवले केही दिनभित्रै मधेस सरकार पुनःगठन हुने बताउनुभएको हो । उहाँले संघीय सरकारमा भएको गठबन्धन अनुरुप नै मधेस सरकारमा पनि गठबन्धनको सरकार कायम रहने बताउनु भयो ।

मुख्यमन्त्रीमा आलोपालो हुने भन्दै उहाँले अहिले भने सरकारको नेतृत्व जसपाले नै गर्ने स्पष्ट पार्नुभयो । उहाँले भन्नुभयो,‘यही सरकारमा मन्त्रिपरिषद् बिस्तार हुन्छ । घटक दलका तर्फबाट मन्त्री हुन्छन् । तर मुख्यमन्त्रीमा आलोपालो हुन्छ । संघमा सरकारमा रहेका, पाँच दलिय गठबन्धनको संयुक्त सरकारको रुपमा यो अगाडी बढ्छ । मन्त्रिपरिषद् हेरफेर वा पुनःगठन चाँडै हुन्छ ।’

उहाँले जनमत पार्टी उपनिर्वाचनमा सत्तारुढ गठबन्धनको बिरुद्धमा लागेको उल्लेख गर्दै जनमतलाई सरकारमा ल्याउने, नल्याउने जिम्मेवारी प्रधानमन्त्री पुष्पकमल दाहालको भएको बताउनु भयो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणलाई अपराध भएको टिप्पणी गर्दै कठोर छानबिन हुनुपर्ने बताउनु भयो ।

Leave a Reply