८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन (सूचना हेरौं) | ईमाउण्टेन समाचार

Our Network

असार १४ २०८१, बिहीबार

८२ दललाई लेखा परीक्षण प्रतिवेदन सार्वजनिक गर्न निर्देशन (सूचना हेरौं)

काठमाडौं, २९ वैशाख । निर्वाचन आयोगले लेखा परीक्षणको प्रतिवेदन सार्वजनिक गर्न सबै राजनीतिक दलहरुलाई निर्देशन दिएको छ ।

आज एक सूचना जारी गर्दै आयोगले आर्थिक वर्ष २०७८/७९ को परीक्षण प्रतिवेदन सार्वजनिक गर्न ऐन २०७३ को दफा ४१ को उपदफा १ बमोजिम दर्ता भएका ८२ राजनीतिक दलहरुलाई निर्देशन दिएको हो ।

कानुन बमोजिम इजाजत प्राप्त लेखा परीक्षकबाट लेखा परीक्षण गराई एक महिनाभित्र आयोगमा सो लेखा परीक्षण प्रतिवेदन पेस गर्नुपर्ने कानूनी व्यवस्था छ ।

आर्थिक वर्ष २०७८/७९ को लेखा परीक्षण प्रतिवेदन तोकिएको समय सीमाभित्रै पेस गरेपनि सार्वजनिक नगरिएको भन्दै ७ दिनभित्र सार्वजनिक गरी त्यसको विवरण आयोगमा पेश गर्न निर्देशन दिएको जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);