काठमाडौं । नेपाली कांग्रेसले पक्राउ परेका पार्टीका केन्द्रीय सदस्य बालकृष्ण खाणलाई तत्काल कारवाही नगर्ने भएको छ ।
बिहिबार बसेको पदाधिकारी बैठकले उनलाई तत्काल कारवाही आवश्यक नभएको ठहर भएको हो । पक्राउ पर्ने बित्तिकै दोषी भन्न नमिल्ने कांग्रेसको ठहर छ ।
अनुसन्धानलाई पार्टीले सघाउनुपर्नेमा सबै सहमत रहेको बताइएको छ । पूर्वगृहमन्त्रीसमेत रहेका खाँण भुटानी शरणार्थी प्रकरणमा मुछिएका छन्। उनलाई प्रहरीले बुधबार पक्राउ गरेको थियो।