जुम्ला, २२ पुस । कर्णालीकै प्रसिद्ध चन्दननाथ मन्दिरका मूर्ति संरक्षण तथा अन्य गतिविधि नियन्त्रणका लागि जडान गरिएका सिसि क्यामेरा काम नलाग्ने भएका छन् ।
चन्दननाथ मन्दिरमा सिसि क्यामेरा जडान गरेको एक वर्षसम्म एउटा फुटेज रेकर्ड भएको छैन । फुटेज रेकर्ड गर्ने डिभिआर मेसिन नहुँदा रेकर्ड हुन नसकेको हो । मन्दिर परिसरमा सातवटा क्यामेरा जडान गरिए पनि सौर्य ऊर्जाको व्यवस्था नहुँदा घाम नलागेको दिन सिसि क्यामेरा चल्न सक्दैन ।
२०७३ साल मंसिर ११ को राति चन्दननाथ मन्दिरबाट मूर्ति चोरी भएपछि सीसी क्यामेरा जडान गरिएको थियो । तर, मूर्ति चोर पत्ता लगाउन एक वर्ष बित्दा पनि अनुसन्धान अघि बढाइएको छैन । २८ वटा मूर्तिमा चोरी भएकोमा हालसम्म सात धार्नी चाँदीको बहुमूल्य मूर्तिलगायतका ६ वटा मूर्ति भेटिएका छैनन् ।