भ्रष्टाचारीहरु देश छाडेर भाग्न सक्छन्, तुरुन्त राहदानी जफत गरियोस्ः सांसद अर्याल | ईमाउण्टेन समाचार

Our Network

वैशाख २७ २०८१, बिहीबार

भ्रष्टाचारीहरु देश छाडेर भाग्न सक्छन्, तुरुन्त राहदानी जफत गरियोस्ः सांसद अर्याल

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद डोलप्रसाद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरुको राहदानी जफत गर्न माग गर्नुभएको छ ।

बुधवारको प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद अर्यालले भ्रष्टाचारमा नाम जोडिएका सांसदहरु देश छोडेर भाग्नसक्ने खतरा भएको भन्दै राहतदानी तुरुन्त जफत गर्न माग गर्नुभएको हो । उहाँले नक्कली भूटानी शरणार्थी प्रकरणमा प्रहरीलाई स्वतन्त्र रुपले काम गर्न दिनुपर्ने र प्रहरीले जुटाएको प्रमाण बीचमै हराउनु नहुने पनि बताउनु भयो ।

उहाँले अपराधीलाई बचाउन खोजेमा रास्वपाले सडक र सदन दुवैमा जनताको आक्रोशलाई साथ दिने बताउनु भयो ।

उहाँले पार्टीभित्र भ्रष्टहरु पालेर संसदमा ठुला कुरा नगर्न राजनीतिक दलहरुलाई चेतावनी दिनुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);