सिंहदरबारमा आजपनि भयो प्रचण्ड, ओली र देउवाबीच छलफल | ईमाउण्टेन समाचार

Our Network

जेठ ७ २०८१, सोमबार

सिंहदरबारमा आजपनि भयो प्रचण्ड, ओली र देउवाबीच छलफल

काठमाडौं । प्रमुख तीन दलका शीर्ष नेताको बैठक सकिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री कार्यालयमा प्रधानमन्त्री तथा नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल, नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र नेपाली कांग्रेसका नेता शेरबहादुर देउवाबीच छलफल भएको हो ।

संसद चलिरहँदा तीन नेताहरुबीच सिंहदरबारमा भएको भेटमा संसदभित्र विषयहरूमा केन्द्रित रहेर कुराकानी भएको बताइएको छ । यद्दपी नक्कली शरणार्थी प्रकरणको विषयमा एकपछि अर्का ठूला नेताहरु मुछिएपछि भएको यसभेटलाई अर्थपूर्ण रुपमा हेरिएको छ ।

भुटानी शरणार्थीको प्रकरणमा आज कांग्रेसका नेता तथा पूर्वगृहमन्त्री बालकृष्ण खाण पक्राउ परेका छन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);