स्वतन्त्र ढंगले छानविनका लागि सहयोग गर्न दाहालको आग्रह | ईमाउण्टेन समाचार

Our Network

वैशाख १९ २०८१, बुधवार

स्वतन्त्र ढंगले छानविनका लागि सहयोग गर्न दाहालको आग्रह

काठमाडौं, २७ वैशाख । सत्तारुढ नेकपा (माओवादी केन्द्र)का सांसद लेखनाथ दाहालले नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकाहरुको अनुसन्धान प्रक्रियामा सरकारलाई सहयोग गर्न सम्बन्धित सबै पक्षसँग आग्रह गर्नु भएको छ ।

बुधबार प्रतिनिधिसभा बैठकको शुन्य समयमा बोल्दै उहाँले सो प्रकरणमा मुछिएकाहरुलाई राजनीतिक संरक्षण दिने, कुनै पनि दवाव र प्रभावमा नपरी स्वतन्त्र ढंगले छानविनका लागि सरकारलाई सबैले सहयोग गर्नुपर्ने बताउनु भयो । सांसद दाहालले पञ्चायतकालदेखि यताका सबै निजी सम्पत्तिको अभिलखीकरण गरी स्रोत नखुलेका सम्पत्तिको राष्ट्रियकरण गर्ने गरी कानुनी व्यवस्था गर्न पनि सभामुख देवराज घिमिरेको ध्यानाकर्षण गराउनु भयो । उहाँले भन्नु भयो, ‘सुशासन प्रदान गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने सत्ता साझेदार दल र सरकारको संयुक्त संकल्प नै हो ।

नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका लैजाने भनि अरबौँको ठगि गर्ने गिरोहको गिरफ्तारी प्रक्रिया जारी छ । र हामी सबैलाई थाहा छ यो अपराध मात्र नभई यो राष्ट्रविरुद्धको जघन्य अपराध हो । यसलाई माफी दिन सकिदैनँ । र अपराधीको पार्टी हुँदैन । भ्रष्टाचारीको पार्टी हुँदैन । त्यसकारण कुनै पार्टीले पनि भ्रष्टाचार गर्नु भनेको हुँदैन । त्यसकारण भ्रष्टाचारीहरुलाई राजनीतिक संरक्षण दिने र कुनै प्रभाव र दबाबमा नराखीकन स्वतन्त्र ढंगले अनुसन्धान प्रक्रियामा सहयोग गर्नको निम्ति सम्माननीय सभामुखमार्फत् म सबैमा हार्दिक आग्रह गर्दछु । त्यसैगरी पञ्चायतकालदेखि अहिलेसम्म मृत हुन् या जिवित सबैको नीजि सम्पतिको अभिलेखिकरण गर्ने र स्रोत नखुलेका सम्पतिको राष्ट्रियकरण गर्न कानूनी व्यवस्थाको निम्ति सम्माननीय सभामुखमार्फत् म सरकारको ध्यानाकर्षण गराउँछु ।’

सांसद दाहालले मुलुकमा सुशासन कायम गर्ने र भ्रष्टाचार नियन्त्रण गर्ने वर्तमान सरकार र त्यसका आवद्ध गठबन्धन दलहरुको संयुक्त संकल्प भएको पनि बताउनु भयो ।

 

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);