दोषीलाई उम्कन नदिने गरी निष्पक्ष छानविन गर्न खतिवडाको माग | ईमाउण्टेन समाचार

Our Network

जेठ २ २०८१, बुधवार

दोषीलाई उम्कन नदिने गरी निष्पक्ष छानविन गर्न खतिवडाको माग

काठमाडौं, २७ वैशाख । नेपाली काँग्रेसका सांसद रामहरी खतिवडाले नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविन गर्न सरकारलाई दवाव दिनु भएको छ । नक्कली भुटानी शरणार्थी प्रकरणको निष्पक्ष छानविनमाथि आशंका भईरहेका बेला उहाँले दोषीलाई उम्कन नदिने गरी सो प्रकरणको छानविन गर्न सरकारको गम्भिर ध्यानाकर्षण गराउनु भएको हो ।

बुधबार प्रतिनिधिसभा बैठकका शुन्य समयमा बोल्दै सांसद खतिवडाले कतिपय भूकम्प पीडितहरुले अझै पनि अनुदान बापतको दोस्रो र तेस्रो किस्ता रकम नपाएको उल्लेख गर्दै त्यसको व्यवस्था गर्न पनि सरकारले ढिलाई गर्न नहुने बताउनु भयो । उहाँले भन्नु भयो, मैले यो भन्दा पनि पहिला बारम्बार कुरा उठाउने गरेको थिँए–२०७२ सालमा गएको भूकम्पबाट पीडित भएका धेरै जनताहरुले अहिलेसम्म देशव्यापी रुपमा ६ हजार ११८ जना भूकम्प पीडितहरुले पहिलो किस्ता पाएर, दोस्रो र तेस्रो किस्ता नपाएर बस्नु भएको छ । वर्षातको समय लागिसक्यो । बारम्बार सरकारलाई अनुरोध गरिएको छ । घर निर्माण भईसके । तर सरकारले दिन्छु भनेको रकम अहिलेसम्म दिइएको छैन । त्यो यथाशिघ्र यही महिना भित्र अथवा यही आर्थिक वर्षमा सम्पन्न हुने गरी सरकारले भूकम्प पीडितहरुलाई रकम उपलब्ध गराओस् भन्ने अनुरोध गर्न चाहन्छु । त्यस्तै थप एक लाख रुपैयाँ दिने भनेर पहिलाबाटै निर्णय भईसकेको थियो । त्यो आजसम्म जान सकेको छैन । त्यसमा पनि सरकारको ध्यान आकृष्ट होस् भन्ने अनुरोध गर्न चाहन्छु । चर्चित भुटानी शरणार्थी प्रकरणमा निष्पक्ष छानविन होस् । कोही दोषी नउम्कियोस् । निर्दोष नफसोस् ।’

सांसद खतिवडाले बाँकि रहेका भूकम्प पीडितहरु अनुदान दिने काममा ढिलाई नगर्न आफूले पटकपटक सरकारको ध्यानाकर्षण गराएपनि सुनुवाई नभएको गुनासो गर्नु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);