अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई विकास गर्न देवकोटाको माग | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई विकास गर्न देवकोटाको माग

काठमाडौंं, २६ वैशाख । राष्ट्रिय सभा सदस्य खिमलाल देवकोटाले नेपालको इज्जत र सम्मान बढाउने क्रिकेट खेलाडीहरुलाई सरकारले झारो टार्ने काम नगर्न आग्रह गर्नुभएको छ ।

मंगलवार बसेको राष्ट्रिय सभाको बैठकमा उहाँले यस्तो बताउनुभएको हो । उहाँले अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको कुरालाई मध्यनजर गरी त्यही अनुसार खेल पूर्वाधारको विकास गर्नुपर्ने बताउनु भयो । उहाँले खेलाडीहरुको उचित सम्मान र पुरस्कृत गर्नुपर्ने बताउनु भयो । उहाँले राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन बढेको गुनासो आइरहेको भन्दै त्यस्तो प्रवृत्ति भए हटाउन आग्रह गर्नुभयो ।

उहाँले भन्नुभयो, ‘अहिले नेपाललले क्रिकेटमा उत्कृष्ट खेल प्रदर्शन गरेको छ । नेपालको इज्जत र सम्मानलाई सगरमाथा भन्दा पनि माथि लगेको छ । त्यो उचाईमा नेपालको सम्मान पु¥याउने खोलाडीलाई सरकारले झारो टार्नु भन्दा पनि उचित सम्मान र पुरस्कृत गरोस्, राष्ट्रको लागि योगदान दिएको नाममा जो जस्ता पनि पुरस्कृत र सम्मान गर्ने चलन छ भन्ने गुनासो छ, त्यो हो भने हटाइयोस्, अन्तर्राष्ट्रिय स्तरको रंगशाला निर्माणमा विशेष ध्यान दिइयोस्, भारत र पाकिस्तन लगायतका देशहरु बीचको टकरावको फाइदा नेपालले लिनसक्ने गरी खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई अघि बढाइयोस् । भारत र पाकिस्तानबीचको खेल नेपालमा खेलाउन सक्छौँ भन्ने प्रतिवद्धताकासाथ सरकार अघि बढोस् ।’

सदस्य देवकोटाले खेल पूर्वाधारमा नेपालमा लगानी बढाइ अन्तर्राष्ट्रिय खेलहरुको हबको रुपमा नेपाललाई स्थापित गर्न आग्रह गर्नुभयो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);