अर्थमन्त्री नआएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन | ईमाउण्टेन समाचार

Our Network

असार २ २०८१, शनिबार

अर्थमन्त्री नआएपछि प्रतिनिधि सभा बैठक १५ मिनेटका लागि स्थगन

काठमाडौं । प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि स्थगन गरिएको छ ।

सभामा अर्थमन्त्री डा. प्रकाशशरण महत नभएको भन्दै प्रतिपक्ष दलका सांसदहरुले बिरोध जनाएपछि बैठक १५ मिनेटका लागि स्थगन गरिएको हो ।

बैठकमा आ.व. २०८०/८१ को लागि विनियोजन विधेयकका सिद्धान्त र प्राथमिकताका सम्बन्धमा छलफल भइरहेको थियो । छलफलकै क्रममा अर्थमन्त्री महत बैठकमा अनुपस्थित भएसँगै बैठक सञ्चालमा प्रतिपक्ष दलका सांसदहरुले अवरोध गरेका हुन् ।

बैठक स्थगन बारे जानकारी दिँदै सभामुख देवराज घिमिरेले भन्नुभयो – ‘केही प्राविधिक समस्याको कारणले अर्थमन्त्रीज्यूको उपस्थिति केही कारणले ढिला भइरहेको हुँदाखेरी १५ मिनेटको लागि यो बैठक स्थगन हुन्छ । त्यसपछाडी फेरि सुचारु हुनेछ ।’

बैठक १५ मिनेट पछि सुचारु हुने सभामुख घिमिरेको भनाई छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);