काठमाडौं, २५ वैशाख । उपप्रधान तथा रक्षा मन्त्री पूर्णबहादुर खड्काले हातहतियार खरिदमा आफ्नो सम्लग्नता नरहेको स्पष्ट पारेका छन् ।
नेपाली सेनाले खरिद गर्न लागेको हातहतियार बन्दोबस्तमा आफ्नो नाम पनि मुछिएकोमा आपत्ति जनाउँदै उनले सम्लग्नता नरहेको बताएका हुन् ।
उनले सामाजिक सञ्जालमा लेखेका छन्,‘केही दिन देखि मेरो नाम समेत जोडेर केही संचारमाध्यममा नेपाली सेनाको हतियार खरिद सम्बन्धमा आएका बिबिध प्रकृतिका समाचार प्रति मेरो गंभीर ध्यानाकर्षण भएको छ । म रक्षामन्त्री भएदेखि रक्षामन्त्रालयबाट हतियार खरिद सम्बन्धि कुनै निर्णय नभएको कुरा सबैमा प्रष्ट पार्न चाहान्छु’