काठमाडौं । नेपाली कांग्रेसका सांसद डा. शशांक कोईरालाले आरोपित जुनसुकै पार्टीको भएपनि दोषि देखिएमा कारबाही हुनुपर्ने बताउनु भयो ।
आईतवार प्रतिनिधि सभा बैठकपछि सञ्चारकर्मीहरुलाई संक्षिप्त प्रतिक्रिया दिँदै उहाँले यस्तो बताउनुभएको छ ।
उहाँले भन्नुभयो – ‘उनीहरु माथि कारबाही हुनुप¥यो, साबित भएको खण्डमा जो सुकै होस् । कुनै पार्टीको होस्, काँग्रेस, माओवादी, एमाले जो पार्टीका पनि दोषि छन् भने त कारबाही हुनुप¥यो । स्पष्ट छ । कानूनी दायराभित्रै बसेर हामी काम गर्न चाहन्छौँ । गल्ती गरेका छन् भने कारबाही गर्नैप¥यो । सरकार ढले ढलोस् तर कानूनी दायराभित्र बस्नुप¥यो ।’
उहाँले सरकार ढलेपनि दोषिलाई कानूनी दायरामा ल्याउनुपर्ने बताउनु भयो ।