नागरिकता विधेयकबारे राष्ट्रपतिले थाले परामर्श, प्रमाणीकरण गरे के होला ? | ईमाउण्टेन समाचार

Our Network

चैत १३ २०८०, मंगलबार

नागरिकता विधेयकबारे राष्ट्रपतिले थाले परामर्श, प्रमाणीकरण गरे के होला ?

काठमाडौं, २४ वैशाख । नागरिक विधेयकबारे राष्ट्रपति रामचन्द्र पौडेलले परामर्श थालेका छन् । पौडेलले आज १ बजे सो विधेयकबारे कानुनविदहरुसँग परामर्श गर्न लागेको शीतल निवास स्रोतले जनाएको छ ।

यसअघिको सरकारको पालामा सदनबाट पास गराएर सो विधेयक राष्ट्रपति कार्यालयमा पठाइएपनि प्रमाणीकरण हुन सकेको थिएन । तत्कालिन राष्ट्रपति विद्यादेवी भण्डारीले नागरिकता विधेयक प्रमाणीकरण गरेकी थिइनन् ।

वर्तमान सरकारले सो विधेयक अघि बढाउने निर्णय समेत गरीसकेको छ । प्रचण्ड नेतृत्वको सरकारको न्युनतम साझा कार्यक्रममा सो विधेयक टुंगो लगाउने उल्लेख गरिएको छ । प्रधानमन्त्रीसहित सत्तागठबन्धनका शीर्ष नेताहरुले सोही विधेयकबारे कानुन व्यवसायीहरुसँग शनिबार परामर्श पनि गरेका थिए ।

नागरिकता विधेयक वर्तमान सरकारले पारित गर्ने प्रबल सम्भावना देखिएको छ । सत्तागठबन्धनकै समर्थनमा बनेका राष्ट्रपति हुनाले पनि सम्भावना बढी देखिएको हो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);