काठमाडौं, २४ वैशाख । नेपाली कांग्रेसबाट थप एक मन्त्री नियुक्त भएका छन् । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आज कांग्रेसका सांसद सुरेन्द्र आचार्यलाई मन्त्री नियुक्त गरेका हुन् ।
कपिलवस्तु–२ बाट निर्वाचित आचार्यलाई साँढे १२ बजे शपथ गराउने शीतल निवासको तयारी रहेको छ ।
आचार्यलाई महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको जिम्मेवारी दिइएको छ ।
प्रधानमन्त्री प्रचण्डले सो मन्त्रालय सम्हाल्दै आएका नेसपाका महिन्द्रराय यादवलाई वन तथा वातावरण मन्त्रालयको जिम्मेवारी दिने भएका छन् । वन मन्त्रालय प्रचण्ड आफैले सम्हाल्दै आएका थिए ।
आचार्य राष्ट्रपति रामचन्द्र पौडेल निकट मानिन्छन् । उनी यसअघि पनि राज्यमन्त्री भइसकेका छन् ।