तार व्यवस्थित गरौं भनेको यस्तो आदेश आयो भन्दै बालेनले गरे गुनासो | ईमाउण्टेन समाचार

Our Network

वैशाख २८ २०८१, शुक्रबार

तार व्यवस्थित गरौं भनेको यस्तो आदेश आयो भन्दै बालेनले गरे गुनासो

काठमाडौं । काठमाडौं महानगरपालिकाका मेयर बालेन्द्र शाहले काठमाडौं सहरका पोलहरुमा रहेका अव्यवस्थित तारलाई व्यवस्थित गर्न सरकारले सहयोग नगरेको गुनासो गरेका छन् ।

मेयर शाहले गतबर्षमात्रै अव्यवस्थित तारहरुको कारण ५३ ठाउँमा आगलागी भएको तथ्यांक रहेको भन्दै सामाजिक सञ्जाल मार्फत यस्तो गुनोसो गरेका हुन् ।

तार व्यवस्थापनका लागि एकिकृत विकासका लागि सम्बन्धित कानुन बनाउन आग्रह गरेको भएपनि कुनै सुनुवाइ नभएर १५ दिन पहिले सडकको पोलमा रहेको तारको व्यवस्थापन गर्न भनेर सूचना जारी गरेको जानकारी दिएका छन् । ‘यसबिच पनि यो समस्या सुनुवाइ होला भन्ने आश थियो तर त्यसको विपरित त्यो तार व्यवस्थापन गर्दा इन्टरनेट लगायत सेवा अवरुद्ध हुन सक्ने कारणदेखि यस्तो कार्य नगर्न आदेश प्राप्त भयो,’ उनले लेखेका छन् ।

शाहले समस्यालाई यथावत राखेर व्यवस्थित र सुन्दर महानगर प्राप्त गर्न नसक्ने बताएका छन् । ‘आगलागीको जोखिम कम गर्न र व्यवस्थापन गर्न काठमाण्डौ महानगर आफ्नो अधिकारभित्र रहेर कार्य गर्न तत्पर छ । शहर व्यवस्थित, सुन्दर बनाउन तथा नागरिकको जनधनको सुरक्षाको लागि हामी क्रियाशील छौँ । यसमा कतिपय अवस्थामा तत्कालका लागि कसैलाई असुविधा पुग्न सक्छ तर तपाइँहरुले साथ दिनु हुनेछ भन्ने अपेक्षा राख्दछौ,’ उनले भनेका छन् ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);