काठमाडौँ । बाजुरामा पुनः भूकम्पको धक्का महसुस भएको छ ।
बाजुरा जिल्लाको बिछिया केन्द्रविन्दु भई भूकम्प गएको राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रले जानकारी दिएको छ ।
केन्द्रका अनुसार बिछिया केन्द्रविन्दु भई बिहिबार दिउँसो १ः१७ बजे ४ दशमलव १ रेक्टरस्केलको भूकम्प गएको हो ।
बाजुरा पछिल्लो समय पटकपटक भूकम्पको धक्का महसुस भइरहेको छ ।