पूर्वराजा ज्ञानेन्द्र दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जानुको रहस्य के हो ? | ईमाउण्टेन समाचार

Our Network

असार १६ २०८१, शनिबार

पूर्वराजा ज्ञानेन्द्र दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जानुको रहस्य के हो ?

काठमाडौं, २१ वैशाख । पूर्वराजा ज्ञानेन्द्र शाह परिवारसहित १० दिने भारत भ्रमणमा जाने भएका छन् । शाह दुई महिनाको बीचमा दोस्रोपटक भारत भ्रमण जान लागेका हुन् ।

करिब डेढ महिनाअघि सिलगुढी हँुदै दार्जिलिङ पुगेका शाह परिवारका सम्पूर्ण सदस्यसहित भोली वैशाख २२ गतेदेखि भारतको लखनउ जाने कार्यक्रम रहेको छ । पछिल्लो समय शाहले देश दौडाहामा सक्रियता बढाइरहेका छन् ।

उत्तर प्रदेशका मुख्यमन्त्री योगी आदित्यनाथको निमन्त्रणामा पूर्वरानी कोमल, बुहारी हिमानी, छोरी प्रेरणा, धिरेन्द्रपुत्रीहरू दिलाशा, शिताष्मा, पूजालगायत दुई दर्जन टोली भारत भ्रमणमा निस्कन लागेको निकट स्रोतको भनाइ छ ।

गत फागुन ७ गते प्रजातन्त्र दिवसका अवसरमा पूर्वराजा ज्ञानेन्द्रले मौन नबस्ने संकेत गरेका गर्दै सडक र सदनबाट हिन्दुराज्य र राजतन्त्रको मुद्दामा दलहरूलाई सहकार्यका निम्ति आह्वान गरेका थिए ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);