संसदीय समितिहरुको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता कस्ले गर्ला ? | ईमाउण्टेन समाचार

Our Network

फागुन १५ २०८१, बिहीबार

संसदीय समितिहरुको बैठक बोलाउने तयारी, पहिलो बैठकको अध्यक्षता कस्ले गर्ला ?

काठमाडौं, १९ वैशाख । प्रतिनिधि सभाले १० वटा विषयगत समितिको गठन गरेसँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाउने तयारी गरेको छ । प्रतिनिधि सभाको गत शुक्रवारको बैठकले १० वटा विषयगत समितिहरु गठन गरेको छ । यससँगै संघीय संसद सचिवालयले समितिको पहिलो बैठक बोलाएर समिति सभापति चयनको प्रक्रिया अगाडी बढाउने तयारी थालेको छ । संघीय संसद सचिवालयका प्रवक्ता एकराम गिरीले संसद सचिवालयले समितिको बैठक बोलाउने प्रक्रिया प्रारम्भ भइसकेको बताउनु भयो । उहाँले संसद सचिवालयले समिति गठन भएको जानकारी सम्बन्धित समिति सचिवालयलाई गराइसकेको पनि बताउनु भयो ।

उहाँले भन्नुभयो – ‘अब समितिहरु आफ्नो बैठक बस्न पूर्वतयारीको चरणमा हो । सचिवालयले समिति सचिवालयलाई समिति गठन भएको जानकारी गराइसकेको छ । सभापतिको निर्वाचनको सम्बन्धमा हाम्रो नियमावलीको व्यवस्था भनेको सभामुखले तोकेको दिनमा सभापतिको निर्वाचन हुने र सो को सूचना सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने भन्ने व्यवस्था छ ।

पहिलो बैठकअघि सभामुखले संसदीय दलका प्रमुख सचेतक तथा सचेतकहरुसँग छलफल गर्ने संघीय संसद सचिवालयका प्रवक्ता गिरीले बताउनु भयो । समिति सचिवालयले पनि समितिको ज्येष्ठ सदस्यसँग समन्वय गरेर मिति तय गरी पहिलो बैठक बोलाइने उहाँले जानकारी दिनुभयो । न्युज एजेन्सी नेपालसँग कुराकानीमा प्रवक्ता गिरीले सबै समितिहरुको पहिलो बैठक एकैपटक बस्नसक्ने बताउनु भयो । समितिको बैठक बस्न कुनै प्रकारको बाधा नरहेको पनि स्पष्ट पार्नुभयो ।

उहाँले भन्नुभयो –‘पहिलो बैठक बस्ने सन्दर्भमा सामान्यतया सबै समितिको बैठकहरु एकैपल्ट बस्नु उपयुक्त हुन्छ । यद्यपी बस्नलाई बाधा छैन । यसमा सभामुखज्युले संसदीय दलका प्रमुख सचेतक, सचेतकसँग सामान्य छलफल गरेर फलानो मितिमा बस्दा उपयुक्त हुन्छ, भन्ने हो । यद्यपी समिति गठन भइसके पछाडी समितिको बैठक बस्नलाई कुनै त्यस्तो अपm्ठ्यारो पर्ने देखिन्न । पहिलो बैठक बोलाउँदा समिति सचिवालयले उक्त समितिको ज्येष्ठ सदस्यसँग सम्पर्क गर्छ । उपस्थितमध्येको ज्येष्ठ । ज्येष्ठ मध्येको पनि २÷३ जनालाई तयार गर्नुपर्ने हुन्छ । समिति सचिवालयले ज्येष्ठ सदस्यसँगको समन्वयमा पहिलो बैठक बोलाउने कुरा हुन्छ ।’

प्रवक्ता गिरीले सभामुखले तोकेको दिनमा समिति सभापतिको निर्वाचन हुने र सो को सूचना प्रतिनिधि सभाका सचिवले निर्वाचन हुनुभन्दा ४८ घण्टा अगावै प्रकाशन गर्ने नियमावलीमा व्यवस्था रहेको बताउनु भयो ।
उहाँले भन्नुभयो – ‘सभापतिको निर्वाचनका लागि समितिमा रहने कुनै सदस्यलाई समितिको सभापति पदमा निर्वाचित गरियोस् भन्ने प्रश्ताव सम्बन्धित समितिकै कुनै सदस्यबाट प्रश्तावित भएर र अर्को कुनै सदस्यबाट समर्थन भएर सचिवले प्रकाशन गर्ने सूचनापश्चात जुन ४८ घण्टाको समय हुन्छ, त्यसमा दर्ता गर्न आउनुपर्ने हुन्छ । यसरी जति प्राप्त हुन्छ, त्यसलाई समितिको बैठक बसेर त्यसलाई निर्णयार्थ प्रश्तुत गर्नुपर्ने हुन्छ । जुन प्रश्ताव बहुमतले पास गर्छ, पास गरिसकेपछि प्रश्तावित सदस्य सभापतिको रुपमा उक्त समितिको सभापतिमा मनोनित हुनुहुन्छ । मनोनित सभापतिले आफ्नो समितिको बैठकलाई अगाडी बढाउनुहुन्छ ।’

प्रतिनिधि सभामा १० वटा विषयगत समितिहरु रहेका छन् । यसको साथै प्रतिनिधि सभा र राष्ट्रिय सभाका सदस्यहरु रहने गरी दुईवटा विषयगत समितिहरु पनि छन् । प्रतिनिधि सभाको वैशाख १५ गतेको बैठकले समितिमा रहने सदस्यहरुको नाम सर्वसम्मतीले अनुमोदन गरेको थियो । प्रतिनिधि सभा र राष्ट्रिय सभा सदस्य रहेका अनि मन्त्रिपरिषद् सदस्य भएकाहरु सबै समितिमा उत्तरदायी भुमिकामा रहने भएकोले विषयगत समितिहरुमा सदस्य तोकिने व्यवस्था छैन ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);