काठमाडौं, १९ वैशाख । लुम्बिनी प्रदेशका नवनियुक्त मुख्यमन्त्री डिल्लीबहादुर चौधरीले आज (मंगलबार) विश्वासको मत लिनुहुने भएको छ । प्रदेश सभाको आज बस्ने दशौं बैठकमा मुख्यमन्त्री चौधरीले विश्वासको मत लिने तय भएको छ । प्रदेश सभाको बैठक आज बिहान ११ बजे बस्दैछ ।
विश्वासको मत लिएपछि सरकारलाई पूर्णता दिने योजना मुख्यमन्त्रीले बनाउनुभएको छ । चौधरी गत वैशाख १४ गते मुख्यमन्त्रीमा नियुक्त भएका हुन् ।
मुख्यमन्त्री चौधरीलाई नेपाली कांग्रेसका २७, माओवादीका ११, नागरिक उन्मुक्ति पार्टीका चार, जनमत पार्टी, जनता समाजवादी पार्टी र लोकतान्त्रिक समाजवादी पार्टीका तीन÷तीन, राष्ट्रिय जनमोर्चा, नेकपा (एकीकृत समाजवादी)का एक÷एकजना र स्वतन्त्र एक सांसद गरी ५३ सांसदको समर्थन रहेको छ ।