महाविर नेतृत्वको आन्दोलन स्थगित, सरकारसँग भयो ४ बुँदे सहमति | ईमाउण्टेन समाचार

Our Network

जेठ ९ २०८१, बुधवार

महाविर नेतृत्वको आन्दोलन स्थगित, सरकारसँग भयो ४ बुँदे सहमति

काठमाडौं । अनुसन्धानकर्ता महाविर पुन र सरकारबीच ४ बुदे सहमति भएको छ ।

कानुन न्याय तथा संसदीय मामला मन्त्री पूर्ण बहादुर खड्का र आन्दोलतरत अनुुन्धानकर्ता महाविर पुनबीच ४ बुँदे सहमति भएपछि अन्दोलन स्थगित भएको छ ।

अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविस्कार सम्बन्धी कार्यहरु एकिकृतरुपमा संचालन गर्न नेपाल सरकारले एउटा कोष स्थापना गर्ने र यस कोषबाट अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविस्कार सम्बन्धी कार्यमा लगानी गर्ने सहमति भएको छ ।

कोषको व्यवस्थापन तथा सञ्चालन गर्ने संघिय संसदको आउँदो अधिवेशमा विधेयक पेश गरेर पारित गर्ने सहमति पनि भएको छ । आगामी आर्थिक वर्ष देखि संघिय सरकारको पुँजीगत बजेटको एक प्रतिशत रकम अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविस्कार कोषमा जम्मा गर्ने साथै, अनुसन्धान तथा विकास नवप्रवर्तन तथा आविस्कारलाई प्रवद्र्धन गर्न आवश्यक नीतीगत कानुनी एवं संस्थागत प्रवन्ध गर्ने सहमति भएको बुदामा उल्लेख छ ।

अविस्कारबाट उत्पादित वस्तु तथा सेवाहरुलाई आवश्यक पर्ने अनुमती, लाइसेन्स दर्ता सञ्चालन तथा दिगोपन कायम गर्ने विषयसँग सम्बन्धीत कानुनमा सुधार गरी सहजीकरण गर्ने बताइएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);