काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलको नेतामा रवि लामिछाने चयन भएका छन् ।
आज बसेको रास्वपाको केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सभापति लामिछानेलाई चयन गरेको हो ।
उपनिर्वाचनबाट पुनः निर्वाचित भएर आएपछि पहिलोपटक केन्द्रीय समिति र संसदीय दलको बैठक बसेको थियो । लामिछानेलाई केन्द्रीय समिति र संसदीय दलको बैठकले संसदीय दलको नेतामा सर्वसम्मत चयन गरिएको हो ।
लामिछाने पदमुक्त भए पछि पार्टीले उपसभापति डोलप्रसाद अर्यालले संसदीय दलको नेता चयन गरेको थियो ।