काठमाडौं, १८ वैशाख । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राष्ट्रिय स्वतन्त्र पार्टीलाई सरकारमा आउन आग्रह गरेका छन् । आज बिहान प्रेस सेन्टर चितवनले आयोजना गरेको पत्रकारसँग प्रधानमन्त्री कार्यक्रममा दाहालले यस्तो आग्रह गरेका हुन् ।
दाहालले रवि लामिछाने नेतृत्वको रास्वपा सरकारमा आए भ्रष्टाचारको जुनसुकै फाइल पन खोल्न तयार भएको समेत स्पष्ट पारे । सरकारमा आउने बारे लामिछाने पनि सकरात्मक भएको उनको दाबी थियो । रविले पहिल्यैकै मन्त्रालय चाँही नपाउने दाहालले संकेत गरेपनि पुरानै मन्त्रालय खोज्नुलाई अस्वभाविक नभएको उनको भनाई थियो ।




