काठमाडौं, १८ वैशाख । किर्तिपुरस्थित क्रिकेट मैदानमा एसीसी प्रिमियर कपको फाइनल खेल सुरु भएको छ । नेपाली टोलीका कप्तान रोहित पौडेलले युएइविरुद्ध टस जितेर फिल्डिङ रोजेका हुन् ।
शनिबार त्रिवि क्रिकेट मैदानमा नेपाल र कुवेतबीचको सेमिफाइनल खेल नतिजाविहिन भएर समुह विजेता बनेको नेपाल फाइनलमा पुग्ने अवसर पाएको हो ।