काठमाडौं, १८ वैशाख । चर्चित मोबाइल गेम पब्जी र नेपालको इन्टरनेट सेवा प्रदायक वल्र्डलिंकबीच सम्झौता भएको छ । आईतवार काठमाडौंमा एक कार्यक्रमबीच सम्झौता भएको हो । नेपालमा मोबाइल
गेमिङलाई अझ रोमाञ्चक बनाउने विशेष सुविधाहरू एवं विशेषताहरू प्रदान गर्न यो साझेदारी भएको कम्पनीले जनाएको छ । कम्पनीले नेपालको गेमिङ समुदायका लागि थप रोमाञ्चक अनुभवहरू प्राप्त हुने अपेक्षा यसबाट गर्न सकिने बताएको छ ।
नेपालमा मोबाइल गेमिङको आकर्षण बढ्दै गइरहेको अवस्थामा पब्जी मोबाइलका नेपालभर ५० लाखभन्दा बढी सक्रिय मोबाइल गेमर छन् । कार्यक्रममा बोल्दै वल्र्डलिंकका सिईओ केशव नेपालले गेमिङ क्षेत्रलाई राम्रो बनाउनका लागि सम्झौता भएको बताउनु भयो । उहाँले भन्नुभयो,‘मोबाइल गेमिङ मनोरञ्जनको मुख्य विषय बन्ने क्रममा गेमिङ समुदायको आवश्यकताहरूलाई सम्बोधन गर्न र उनीहरूको गेमिङको जोसलाई अझै सशक्त रूपमा पूरा गर्न हामीले नवीनतम प्रविधिको साथ अगाडि बढ्नु आवश्यक छ ।’
वल्र्डलिंंक र पब्जी मोबाइलले यो साझेदारीलाई नेपालको मोबाइल गेमिङको लागि एउटा अभुतपूर्व कदमको रूपमा लिएको बताएका छन् ।