एसीसी प्रिमियर कपः ३२औं ओभरमा नेपालले कटायो २०० रन | ईमाउण्टेन समाचार

Our Network

चैत २१ २०८२, आइतबार

एसीसी प्रिमियर कपः ३२औं ओभरमा नेपालले कटायो २०० रन

काठमाडौं । एसीसी प्रिमियर कप अन्तर्गतको नेपाल र कुवेतबीचको सेमिफाइनल खेलमा नेपालले २०० रन कटाएको छ ।

टियु मैदानमा जारी खेलमा नेपालले टस हारेर ब्याटिङ गरिरहेको छ । हालसम्म नेपालले ३२ ओभरमा ४ विकेट गुमाएर २०१ सय बनाएको छ । अहिले कप्तान रोहित कुमार पौडेल र आरिफ सेखले नेपालको ब्याटिङलाई सम्हाली रहेका छन् ।

टियु मैदानमा हजारौं दर्शकको उपस्थीती रहेको खेलमा कप्तान रोहित कुमार पौडेलले ६९ बलमा ६२ रन बनाएर खेलिरहेका छन् ।

कुशल मल्लले ४४ बलमा ५७ रन योगदान दिएर आउट भए । साथै, नेपालका ओपनर कुशल भुर्तेल ४३ रन बनाएर आउट भए भने आसिफ शेख ३१ बनाए । भीम शार्की भने मात्र १ रनमा पबिलियन फर्किन बाध्य भए ।

वर्षाका कारण रोकिएको खेललाई ४२ ओभरमा छोट्याईएको छ ।

Leave a Reply