रास्वपासँग सामना गर्न राप्रपा तयार | ईमाउण्टेन समाचार

Our Network

असोज १ २०८१, मंगलबार

रास्वपासँग सामना गर्न राप्रपा तयार

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीका नेता पशुपति समशेर जबराले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा आयोजित वागमती प्रदेश स्तरीय अगुवा कार्यकर्ता भेला कार्यक्रमलाई सम्बोधन गर्दै उहाँले राष्ट्रिय स्वतन्त्र पार्टीसँग सामना गर्न राप्रपा तयार रहेको बताउनुभएको हो । उहाँले गत चुनाव र उपचुनावमा बजेको घण्टीको सामना गर्न राप्रपा सक्षम रहेको दाबी गर्नुभयो । उहाँले संसद भद्रगोल रहेको र जुनकुनै अवस्थामा जे पनि हुनसक्ने टिप्पणी गर्नुभयो अफ्ठ्यारो परिस्थितिको सामना गर्न राप्रपासँग सामथ्र्य भएको उहाँको दाबी छ ।

कार्यक्रममा राष्ट्रिय प्रजातन्त्र पार्टीका अध्यक्ष राजेन्द्रप्रसाद लिङदेनले उपचारका लागि राष्ट्रपतिको वैदेशिक यात्राप्रति भन्दै आपत्ति जनाउदै चिकित्सकले रिफर नगर्दासमेत जहाज चार्टड गरी विदेश लैजानु अस्वभाविक भएको उल्लेख गर्नुभयो । विकासमा लगानी घटाउन खोजिरहेको सरकारले लडाकुलाई २÷२ लाख रुपैयाँ बाँड्ने निर्णय श्रोतमा हात हाल्न पाउने बित्तिकै व्रह्मलुट मच्चाउने षड्यन्त्र भएको उहाँको आरोप छ ।

राप्रपाले प्राथमिकता नदिएको कारण उपनिर्वाचनमा राम्रो मत आउन नसकेको अध्यक्ष लिङदेनले तर्क गर्नुभयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);