कर्मचारीहरुले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनियोः मन्त्री मोदी | ईमाउण्टेन समाचार

Our Network

असार २४ २०८१, आइतबार

कर्मचारीहरुले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनियोः मन्त्री मोदी

काठमाडौं । सामान्य प्रशासन तथा संघीय मामिलामन्त्री अमललाल मोदीले सरकारी कर्मचारीहरुले सरकारको नीतिअनुसार काम नगर्दा जनताको आक्रोश राजनीतिक दलमाथि खनिएको बताउनुभएको छ ।

शुक्रवार काठमाडौंमा नेपाल आयल निगम कर्मचारी संघको नौं राष्ट्रिय महाधिवेसनमा बोल्दै मन्त्री मोदीले यस्तो बताउनुभएको हो । उहाँले सरकारी कर्मचारीहरुले सरकारको नीति अनुसार जनतालाई दिने सार्वजनिक सेवा सहज रुपमा दिन नसक्दा सरकारले आलोचना आउने गरेको भन्दै कर्मचारीहरुले जनता सकारात्मक हुनेगरी काम गर्नु आग्रह गर्नुभयो ।

उहाँले पछिल्लो उपनिर्वाचनको परिणाम कर्मचारीहरुले सरकारले दिएका सेवाहरुको जनतालाई सकारात्मक बनाउन नसक्दाको परिणाम भएको उल्लेख गर्नुभयो । मन्त्री मोदीले विभिन्न राजनितिक आन्दोलनबाट बनेका राजनीतिक दलका नेताहरुको संघर्षलाई समेत कर्मचारीहरुले काम नगर्दा उनीहरुको योगदान पानीको फोका जस्तै फुटेर जाने अवस्था देखिएको बताउनु भयो। उहाँले सरकारले गरेका काम कर्मचारीहरुमार्फत जनतामा सकारात्मक रुपमा जान नसक्दा जनताले विकल्पहरु खोज्न थालेको उल्लेख गर्नुभयो ।

मन्त्री मोदीले अहिले नै जादुको छडीबाट समाज परिर्वतन हाल्ने जस्तो सोच र दृष्टिकोणबाट जनमत बिग्रन थालेको बताउनु भयो । उहाँले कर्मचारीहरुले सत्य कुरा जनतालाई बुझाउन नसक्दा आफूभन्दा उमेरले पाकालाई युवा नेता देख्न थालेको टिप्पणी गर्नुभयो । उहाँले जनताले भगवान ठानेकाहरु कुनै अन्तरिक्ष वा नयाँ फ्याक्ट्रीबाट आएका नभएर यही समाजको उत्पन्न भएका मान्छेहरु भएकाले उनीहरुले मात्रै गर्छन भन्ने भ्रममा पर्न नहुने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);