डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त | ईमाउण्टेन समाचार

Our Network

पुष १६ २०८१, मंगलबार

डिल्ली चौधरी लुम्बिनीको मुख्यमन्त्रीमा नियुक्त

काठमाडौं । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी नियुक्त हुनुभएको छ । प्रदेश प्रमुख अमिक शेरचनले संविधानको धारा १६८ को उपधारा २ बमोजिम बहुमत सदस्यको समर्थनमा नियुक्त गर्नुभएको थियो ।

संविधानको धारा १६८ को उपधारा २ अनुसार ८ दलका ५३ प्रदेशसभा सदस्यको हस्ताक्षरसहित प्रदेश प्रमुख अमिक शेरचनसमक्ष उहाँले दाबी पेस गर्नुभएको थियो । चौधरीलाई कांग्रेसहित माओवादी, नागरिक उन्मुक्ति, जसपा, लोसपा, जनमत, राष्ट्रिय जनमोर्चा, नेकपा एकीकृत समाजवादी र एक जना स्वतन्त्र सांसदको समर्थन छ । यसअघि बनेको एमाले नेता लिला गिरी नेतृत्वको सरकारले सोमबार विश्वासको मत प्राप्त गर्न नसकेपछि ढलेको थियो । चौधरीलाई कांग्रेसका २७, माओवादीका १०, नागरिक उन्मुक्तिका ४, जनमत, जसपा र लोसपाका ३÷३ र जनमोर्चा, नेकपा एस र स्वतन्त्रका १/१ जनासहित ५३ जनाको समर्थन छ ।

८७ सदस्यीय प्रदेश सभामा सरकार गठनका लागि ४४ मत आवश्यक पर्छ । चौधरी दाङको निर्वाचन क्षेत्र नं. ३ (१)बाट निर्वाचित हुनुभएको हो । यसअघि पनि निर्वाचित उहाँ अघिल्लो प्रदेश सभामा लामो समयसम्म सार्वजनिक लेखा समितिको सभापति भएर काम गर्नुभएको थियो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);