काठमाडौं, १४ वैशाख । विराटनगरमा आज बिहान एक पुरुषले आफ्नै शरिरमा पेट्रोल लगाएर आगो लगाएका छन् । मोरङको लेटाङ नगरपालिका–७ का ६५ वर्षीय गोविन्दप्रसाद नेपालले साढे १० बजेतीर आफैमाथि आगो लगाएको प्रहरीले जनाएको छ । आगोले वृद्धको शरिरको अधिकांश भाग जलेको छ । उनको अवस्था गम्भिर छ ।
वृद्धले आगो लगाउनुअघि ग्यालेनमा पेट्रोल लिएर आएका र पछि शरिरमा खन्याएका थिए । पछि आगो लगाए । आगो लागेको देखेर स्थानीयले पानी हालेर निभाएका थिए । वृद्धले बोेकेको झोलाभित्र रहेको नागरिकताका आधारमा वृद्धको पहिचान खुलेको हो । उनलाई उपचारको लागि नोबेल शिक्षण अस्पताल पुर्याएका थिए ।
थप उपचारका लागि विराटनगर २ मा रहेको रेडक्रस अस्पताल एण्ड ट्रमा सेन्टरमा लगिएको जनाइएको छ ।