लुम्बिनीमा कहाँ अड्कियो कांग्रेस–माओवादीबीचको सहमति ? | ईमाउण्टेन समाचार

Our Network

मंसिर १० २०८१, सोमबार

लुम्बिनीमा कहाँ अड्कियो कांग्रेस–माओवादीबीचको सहमति ?

काठमाडौं, १४ वैशाख । नयाँ सरकार गठनका लागि लुम्बिनी प्रदेश प्रमुखले दिएको समय आज ४ बजे सकिदैंछ । सत्ता गठबन्धनमा रहेका दल नेपाली कांग्रेस र नेकपा माओवादीबीच भागवण्डामा कुरा नमिलेपछि सरकार गठनमा बिलम्ब भइरहेको छ ।

दुई पार्टीबीच मंगलबार र बुधबार भएको छलफलमा कुनै निचोड निस्कन सकेन । आठ दलिय गठबन्धनमा कांग्रेस संसदीय दलका नेता डिल्लीबहादुर चौधरी पहिलो चरणमा मुख्यमन्त्री बन्ने मौखिक सहमति भएको जनाइएको छ तर माओवादीले लिखित सहमति खोजेपछि अन्तिम निर्णयमा पुुग्न सकेको छैन् ।

आज गठबन्धनले मुख्यमन्त्रीमा दाबी समयभित्रै पेश गर्ने तयारी छ । मुख्यमन्त्रीमा कांग्रेस–माओवादीबीच आधा–आधा कार्यकाल गर्ने सहमति भएको एक नेताले बताए । उनका अनुसार भागवण्डा नमिल्दा माओवादीे लिखित सहमति खोजेको हो ।

प्रदेश प्रमुख शेरचनले मंगलबार संविधानको धारा १६८ को उपधारा २ अनुसार प्रदेश सरकार गठनको लागि आह्वान गरेका हुन् ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);