सरकारले गर्यो ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज | ईमाउण्टेन समाचार

Our Network

माघ १८ २०८१, शुक्रबार

सरकारले गर्यो ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज

काठमाडौं, १४ वैशाख । समयमै नविकरण नगर्ने ३३ निर्माण व्यवसायीहरुको इजाजतपत्र खारेज भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयको निर्माण व्यवसाय प्रवद्र्धन शाखाबाट अनुमति पाएका ती कम्पनीहरुको इजाजतपत्र सरकारले खारेज गरेको हो ।

आर्थिक वर्ष २०७९/८० का लागि गत चैत्र मसान्तभित्र इजाजतपत्र नवीकरण गर्न निर्माण व्यवसायीहरुलाई आग्रह गरेपनि नविकरण नगरेकाले इजाजतपत्र खारेज गरेको मन्त्रालयले जनाएको छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);