‘नेपाललाई यूक्रेन बनाउने षड्यन्त्रको खुलासा’ | ईमाउण्टेन समाचार

Our Network

असार २० २०८१, बुधवार

‘नेपाललाई यूक्रेन बनाउने षड्यन्त्रको खुलासा’

काठमाडौं । नेकपा (बहुमत) संयोजक धर्मेन्द्र बास्तोलाले पछिल्लो समय नेपाललाई अन्तर्राष्ट्रिय खेल मैदान बनाउने षड्यन्त्र सतहमा आएको बताएका छन् ।

प्रगतिशिल लेखक तथा साहित्यकार खेम थपलियाको नाट्य कृति ‘कमरेड फिप्टी पर्सेन्ट’ को विमोचन गर्दै बास्तोलाले शक्ति केन्द्रहरु एमसीसी र एसपीपीलाई लागु गरेर नेपाललाई विदेशीको खेल मैदान बनाउन लागेको आरोप लगाए । उनले सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताहरु फेल भएको संकेत उपचुनावको परिणामले गरेको बताए ।

“एमसीसी, एसपीपीजस्ता राष्ट्रघाती परियोजना लागु गरी नेपाललाई विदेशीको खेल मैदान बनाउन शक्तिकेन्द्रहरु लागि परेका छन् । सत्ता र प्रतिपक्षमा रहेका पार्टी र नेताकै कारण विदेशीले खेल्न पाएका हुन् । यही मौकामा विदेशीले केही नयाँ पात्र अगाडि सारेर आफ्नो बर्चश्व बढाउन लागि परेका छन्” बास्तोलाले भने । उनले नयाँ शक्तिको नाममा देशलाई युक्रेन बनाउन खेल सतहमा आउन थालेको दाबी समेत गरे ।

कार्यक्रममा नाटककार विजय विष्फोटले थपलियाको नाटक ‘कमरेड फिप्टी पर्सेन्ट’ अनिल बारबेको विश्व चर्चित नाटक ‘थ्याङ्क्यू मिस्टर गल्याड’ को स्तरको नाटक भएको बताए । विष्फोटले प्रयोगका हिसाबले नयाँ र बिचारका हिसाबले शसक्त रहेकोले अध्ययन गर्न योग्य भएको बताए ।

समालोचक बद्रि चौलागाईले वर्तमान राजनीतिक विश्वका बिकृति र विसंगतिलाई प्रहार गरेको धारणा राखे । समालोचक अशोक सुवेदीले मार्कसवादी दृष्टिबाट शसक्त भएको बताउँदै मार्कसवादी लेखनको चर्चा गरे ।

लेखक थपलियाले केही कमजोरी भएपनि पुस्तकमा आफू इमान्दार भएका दाबी गरे । चरम व्यक्तिवाद हावी भएर समाज र युवा पंक्तिलाई रक्षानमा पु¥याउन लागेको भन्दै आफूले इमान्दार भएर त्यसविरुद्ध कलम चलाएको बताए ।

कार्यक्रममा नेकपा बहुमतका कार्यालय सदस्य उदयबहादुर चलाउने, सार्दुल, अखिल नेपाल जनसांस्कृतिक महासंघका अध्यक्ष प्रा.डा. जगदिशचन्द्र भण्डारी, वाम विश्लेषक, नरेन्द्रजंग पीटर, भूरी पुरण प्रकाशनका प्रकाशक केशव पराजुलीलगायतको उपस्थिति रहेको थियो ।

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);