नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट | ईमाउण्टेन समाचार

Our Network

चैत १५ २०८२, सोमबार

नेप्से परिसूचकमा दोहोरो अंकको गिरावट

काठमाडौं । बुधबार सेयर बजार घटेको छ । बुधबार नेप्से परिसूचक १३.६८ अंकले घटेर १८९२.०० विन्दुमा पुगेको छ ।

यस्तै, ठूला कम्पनीको सेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक २.११ अङ्कले घटेर ३६३.६५ विन्दुमा पुगेको छ ।

नेपाल स्टक एक्सचेञ्ज (नेप्से)मा कूल २६४ कम्पनीको २५ लाख ७१ हजार २०२ कित्ता सेयर खरिद बिक्री हुँदा ८४ करोड ७० लाख रुपैयाँमाथिको सेयर कारोबार भएको छ।

त्यस्तै, कारोबारको आधारमा शिभम् सिमेन्टको अग्रिम स्थानमा छ। यसको आज ७ करोडभन्दा बढीको कारोबार भएको छ। त्यस्तै तारागाउँ होटल र एभरेष्ट बैंकको कारोबार भएको छ।

बुधबारको कारोबारमा १३ वटै उपसुचक घटेर राताम्मे भएको छ। आजको कारोबारमा जनउत्थान सामुदायिक लघुवित्त र कुमारी इक्युती फण्डका लगानीकर्ताले अत्याधिक कमाएका छन्। सनराइज ब्लु चिप फण्ड र तारागाउँ होटलका लगानीकर्ताले अत्याधिक गुमाएका छन्।

Leave a Reply