उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने | ईमाउण्टेन समाचार

Our Network

चैत २० २०८२, शनिबार

उपेन्द्र यादव उपप्रधानमन्त्री बन्ने

upendra-yadba

काठमाडौं, १३ वैशाख । जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादव अबको केही दिनमै उपप्रधानमन्त्री बन्ने भएका छन् । बारा २ बाट उपनिर्वाचन जितेका यादवले उपप्रधानमन्त्री पाउने भएपनि मन्त्रालयबारे भने सत्ता गठबन्धनका शीर्ष नेताको बैठक बसी टुंगो लगाउने बुझिएको छ ।

सप्तरी २ बाट पराजित यादवको सरकारमा जाने योग्यता नपुगेकाले उनको दल प्रचण्ड नेतृत्वको सरकारमा एक मन्त्रालयमा कसैको नाम नदिई पर्खिइरहेको छ । अशोक राई शिक्षामन्त्री छन् । जसपाको भागमा परेको एक मन्त्रालयमा अब उपेन्द्र यादव नै जाने बुझिएको छ ।

यादव पटक पटक उपप्रधानमन्त्रीसहित मन्त्री बनिसकेका छन् । पहिलो संविधानसभायता चुनाव जित्दै आएका उनले सप्तरीमा भने सीके राउतबाट पराजय व्यहोरेका थिए ।

उपेन्द्र यादव सांसद हुँदै मन्त्री बन्नकै लागि रामसहाय यादवलाई उपराष्ट्रपति बनाइएको थियो । त्यसपछि रामसहायले जितेको बारा २ को सिट खाली भई उपनिर्वाचन १० वैशाखमा गराइएको हो ।

Leave a Reply