विद्यालयमा शुक्रबार पुस्तक बिहीन दिन | ईमाउण्टेन समाचार

Our Network

कार्तिक १९ २०८१, सोमबार

विद्यालयमा शुक्रबार पुस्तक बिहीन दिन

काठमाडौं । काठमाडौं महानगरपालिकाले मंगलवारदेखि लागू हुनेगरी सामुदायिक माध्यमिक विद्यालय तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम शुरुवात गरेको छ ।

मंगलवार महानगरपालिकाले काठमाडौंमा माध्यमिक तहमा छोटो अवधिको सीपमुलक तालिम कार्यक्रमको शुरुवात गरेको हो । महानगरले काठमाडौं महानगर क्षेत्र भित्रका ५६ वटा सामुदायिक माध्यमिक विद्यालयमा कक्षा ९ देखि १२ कक्षा सम्मका विद्यार्थीहरुलाई छोटो अवधिको सीपमुलक तालिम र पुस्तक बिहीन शुक्रवार कार्यक्रमको थालनी गरेको छ ।

महानगरपालिकाले विद्यालयमा विद्यार्थीहरुले पुस्तकबाट प्राप्त हुने सैद्धान्तिक ज्ञानसँगै जीवनउपयोगी,सीपमुलक र व्यवहारिक शिक्षा प्रादन गरी स्वरोजगार हुने जनशक्ति तयार पार्ने उद्देश्य लिएको छ । कार्यक्रममा बोल्दै काठमाडौं महानगरपालिका प्रमुख बालेन्द्र साहले महानगरले शुरु गरेको छोटो अवधिको सीपमुलक तालिम कार्यक्रम नयाँ नभएर गुरुकुल शिक्षामा लागेको ब्रेकलाई निरन्तरता दिएको बताउनु भयो । उहाँले महानगरले विद्यालयमा सीप मात्रै नभएर मानिसको जीवन के हो भनेर सिकाउन खोजिएको बताउनु भयो । उहाँले पछिल्लो समय सानो र ठूलो काम भनेर श्रम गर्नेहरुको इज्जत समेत गर्न नजानेकाले सानो वा ठूलो जुनसुकै कामलाई सम्मान गर्न सिकाउने उद्देश्य रहेको बताउनु भयो ।

त्यस्तै,काठमाडौं महानगरपालिकाकी उपप्रमुख सुनिता डंगोलले आफ्नो जीवन शैलीलाई व्यवस्थित बनाउने सीप हातमा छैन भने पढेर ल्याएको उच्च नम्बर,अंक र प्रतिशतले काम नगर्ने बताउनु भयो । उहाँले परीक्षामा विद्यार्थीहरुको कति प्रतिशत नम्बर आयो प्रथम,द्वितिय भए भन्ने कुरा क्षणिक भएको भन्दै त्यो एक छिनको लागि महत्वपूर्ण जस्तो लाग्ने बताउनु भयो । उहाँले विद्यार्थीहरुले शिक्षा मात्रै नभएर व्यवहारिक सीप निस्कने वातावरण बनाउनको लागि मंगलवारदेखि विद्यालयहरुमा छोटो अवधिको सीपमुलक तालिम लागू गर्न लागिएको बताउनु भयो ।

उहाँले विद्यार्थीहरुले विद्यालयबाट नै जीवन उपयोगी सीप सिक्ने वातावरण दिनको लागि महानगरले नीति बनाएर कार्यक्रम लागू गर्न लागेको बताउनु भयो । उहाँले काठमाडौं महानगरभित्रका ५६ सामुदायिक विद्यालयहरुमा उक्त कार्यक्रम थलनी गरिने बताउनु भयो । उहाँले बजारमा काम गर्ने सीपमुलक जनशक्तिको माग ठूलो रहेको बताउनु भयो । उहाँले माग ठूलो भएपनि माग र सप्लाईको ठूलो ग्याप भएको भन्दै त्यो ग्यापलाई पूरा गर्नको लागि महानगरपालिकाको कार्यक्रमले पूरा गर्ने दाबी गर्नुभयो ।

उहाँले यस कार्यक्रमले विद्यार्थीहरुलाई शैक्षिक रुपमा मात्रै नभइ आर्थिक,सामाजिक र सांस्कृतिक रुपमा पनि रुपान्तरण गर्न महत्वपूर्ण भुमिका खेल्ने बताउनु भयो ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);