आज पनि चट्याङसहित वर्षा हुने | ईमाउण्टेन समाचार

Our Network

चैत २८ २०८२, आइतबार

आज पनि चट्याङसहित वर्षा हुने

काठमाडौं, १२ वैशाख । हाल देशमा पश्चिमी वायुको साथै स्थानीय वायुको प्रभाव रहेको छ।

कोशी, मधेश, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशका पहाडी भू-भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहेको जल तथा मौसम विज्ञान विभाग महाशाखाले जनाएको छ।

महाशाखाको अनुसार आज दिउँसो देशका पहाडी भू–भागमा आंशिक देखि सामान्यतया बदली रही बाँकी भू–भागमा आँशिक बदली देखि मौसम सामान्यतया सफा रहने छ। पहाडी भू–भागका थोरै स्थानहरुमा मेघ गर्जन र चट्याङ्ग सहित हल्का र क्षणिक वर्षाको सम्भावना रहेको छ। कोशी प्रदेशका थोरै स्थानहरूमा हावा–हुरीको सम्भावना रहेको छ।

त्यसैगरी, आज राति कर्णाली प्रदेशमा आंशिक बदली रही देशका बाँकी भू–भागमा आंशिक बदली देखि मौसम सामान्यतया सफा रहने महाशाखाले जनाएको छ ।

Leave a Reply