तनहुँमा वाग्लेको सानदार जीत, राष्ट्रपति बनेका पौडेलले मसिर ४ मा ल्याएको मतभन्दा बढी मत | ईमाउण्टेन समाचार

Our Network

असार १३ २०८१, बुधवार

तनहुँमा वाग्लेको सानदार जीत, राष्ट्रपति बनेका पौडेलले मसिर ४ मा ल्याएको मतभन्दा बढी मत

काठमाडौं, १२ वैशाख । राष्ट्रिय स्वतन्त्र पार्टीका स्वर्णिम वाग्ले तनहुँ १ बाट प्रतिनिधि सभा सदस्यमा विजयी भएका छन् । उनले ३४ हजार ४८० मत ल्याई जित हासिल गरेका हुन् ।

वाग्लेका प्रतिद्वन्द्व नेपाली काँग्रेसका गोविन्द भट्टराईले २० हजार ९२ र नेकपा एमालेका सर्वेन्द्र खनालले ८ हजार ५५५ मत प्राप्त गरे ।

विजयी वाग्ले अर्थविद् हुन् । उनले चुनाव अघि मात्र नेपाली काँग्रेस परित्याग गरी रास्वपा प्रवेश गरेका थिए । रोचक त यो छ कि वाग्लेको गृहजिल्ला होइन तनहुँ । उनले तनहुँ गृहजिल्ला भएका गोविन्द भट्टराई र सर्वेन्द्र खनाल दुवैलाई पराजित गरे ।

नेपाली काँग्रेसका पूर्व वरिष्ठ नेता रामचन्द्र पौडेल राष्ट्रपति बनेपछि तनहुँ १ को सिट रिक्त भई १० वैशाखमा उपनिर्वाचन भएको हो । त्यतिबेला पौडेलले २५ हजार ३६१ मत ल्याएका थिए । उनका प्रतिद्वन्द्वी नेकपा एमालेका एकबहादुर रानामगरले १९ हजार ९८१ मत ल्याएका थिए । मंसिर ४ को चुनावमा रास्वपाका विकाश सिग्देलले ६ हजार ४४ मत ल्याएका थिए ।

५ महिनाको अन्तरमा रास्वपाको पक्षमा माहोल देखियो भने काँग्रेस र एमालेको मत निकै घटेको देखिन्छ ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);