काठमाडौं । आज एसिसी प्रिमियर कप अन्तर्गत नेपाल र साउदी अरबबीचको खेल थियो । मुलपानी क्रिकेट मैदानमा हुने भनिएको खेलका लागि नेपाली टोली मैदानमा पुगिसकेको थियो ।
प्रतिकुल मौसमका बाबजुत मैदानमा दर्शकपनि पुगिसकेका थिए । तर, वर्षाका कारण करिब १२ बजेसम्मपनि टस हुन सकेन् । मुलपानी मैदानमा पहिलो अन्तर्राष्ट्रिय खेल खेल्ने खेलाडीहरुको चाहँना पुरा भएन् ।
खेल हेर्ने भनेर मैदानमा पुगेका दर्शक निराश भएर मैदानबाट बाहिरिदै थिए । तर, खेल रद्द भएको थाहा पाएपछि खेलाडीहरु जब दर्शकदिर्घा तिर आईपुगे । दर्शकपनि उत्साहित भए ।
खेल्न नपाएको समयलाई सदुपयोग गर्दै त्यसको केहि समय खेलाडीले दर्शकलाई दिए । त्यो क्षण हेर्न लायकको थियो ।
तस्विरमा हेर्नुहोस त्यो क्षणः