हराउनकै लागि देउवाले मन्त्री बनाइदिने भनिदिएको खुल्यो | ईमाउण्टेन समाचार

Our Network

फागुन १६ २०८१, शुक्रबार

हराउनकै लागि देउवाले मन्त्री बनाइदिने भनिदिएको खुल्यो

काठमाडौं, ११ वैशाख । भनिन्छ गर्नेले भन्दैन भन्नेले गर्दैन । त्यसमाथि शेरबहादुर देउवा जस्तो हत्तपत्त नबोल्ने व्यक्तिको बोली । उनले तनहुँ १ र चितवन २ मा दलका उम्मेदवारलाई जिताएर पठाए मन्त्री बनाउने अभिव्यक्ति दिएका थिए । चितवन र तनहुँको सभामा देउवाले जिताएर पठाए मन्त्री बनाइदिने भनेपछि तरंग नै आएको थियो । तर, उनको भनाई नै प्रत्युत्पादक बन्यो ।

देउवाले मन्त्री बनाइदिने त्यत्तिकै भनेका रहेनछन् । उम्मेदवारहरु चुनाव हार्ने रिपोर्ट पाएपछि यसो भनेका रहेछन् । उनको यो अभिव्यक्तिले झन् उम्मेदवारहरुलाई नकारात्मक असर गरेको खुलिसकेको छ ।

तनहुँ १ मा सत्तारुढ गठबन्धनका उम्मेदवार गोविन्द भट्टराई ठूलो मतान्तरले पछाडि परेका छन् । यो क्षेत्रबाट मंसिर ४ को चुनावमा नेपाली काँग्रेसबाट वर्तमान राष्ट्रपति रामचन्द्र पौडेल विजयी भएका थिए । अहिले यही क्षेत्रमा स्वर्णिम वाग्ले दोब्बर बढी मतान्तरले अगाडि बढिरहेका छन् । उनी जितको नजिक छन् ।

एमालेका म्मेदवार पूर्व प्रहरी प्रमुख सर्वेन्द्र खनाल तेस्रो स्थानमा छन् । रोचक त यो छ कि काँग्रेसका भट्टराई र एमालेका खनालको जन्मस्थान नै तनहुँ हो । वाग्ले गोरखाका हुन् ।

रवि लामिछाने नेतृत्वको रास्वपाले उपनिर्वाचनमा तनहुँ १, चितवन २ र बारा २ तीनै स्थानमा उम्मेदवारी दिए अनुसार उत्साहजनक मत पाइरहेको छ । चितवन २ मा लामिछाने आफै उम्मेदवार छन् ।

चुनावमा सत्ता गठबन्धन र प्रमुख प्रतिपक्षी एमाले दुवैलाई धक्का लाग्ने प्रक्षेपण गरिएको छ । लामो इतिहास बोकेका मुख्य दलहरुप्रति जन असन्तुष्टि बढ्दै गएको छ । चुनावले यही देखाएको छ ।

 

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);