दिल्ली एम्सको आपतकालीन ड्यासबोर्ड सुरु, खाली बेडबारे अनलाइनबाट जानकारी लिन सकिने | ईमाउण्टेन समाचार

Our Network

वैशाख २९ २०८१, शनिबार

दिल्ली एम्सको आपतकालीन ड्यासबोर्ड सुरु, खाली बेडबारे अनलाइनबाट जानकारी लिन सकिने

एजेन्सी, १० वैशाख । भारतको अखिल भारतीय आयुर्विज्ञान संस्थान (एम्स)को सर्भरमा र्यान्समवेयर आक्रमण भएको घटना भएको झण्डै पाँच महिनापछि अस्पतालको आपतकालीन ड्यासबोर्ड फेरि सक्रिय भएको छ । जसका कारण एम्सको मुख्य अस्पतालको इमर्जेन्सी र ट्रमा सेन्टरको इमर्जेन्सीमा खाली बेडको जानकारी फेरि अनलाइनबाट उपलब्ध भएको छ । त्यसैले, गम्भीर बिरामीलाई एम्समा लैजानु अघि आफन्तहरूले खाली बेडको बारेमा अनलाइन जानकारी लिन सक्नेछन् । योसँगै कति बिरामी आपतकालीन बाहिर बेडको पर्खाइमा छन् भन्ने जानकारी पनि उपलब्ध हुनेछ ।

एम्सको यो पहल विरामीका लागि सहयोगी सावित हुन सक्छ तर एम्स प्रशासनले सिटि स्क्यान, एमआरआई परीक्षण र दैनिक रेडियोथेरापी सुविधा पाउने बिरामीको डाटा अनलाइन गर्नको लागि एम्स प्रशासनको आदेशलाई कार्यान्वयन गर्नुपर्ने अवस्था छ ।

गत वर्ष अक्टोबर २९ मा एम्सले इमर्जेन्सी ड्यासबोर्ड सुरु गरेको थियो । यस अन्तर्गत आपत्कालीन अवस्थामा उपलब्ध बेड, पूर्ण बेड र खाली बेडको अनलाइन जानकारी दिँदै आएको थियो । त्यसको केही दिनपछि एम्स प्रशासनले सीटी स्क्यान र एमआरआई परीक्षामा पर्खनुपर्ने समस्या समाधान गर्न २४सै घण्टा परीक्षण सुविधा सुरु गर्न निर्देशन दिएको थियो । साथै, परीक्षणमा प्रतिक्षाको जानकारी पनि पाउन सकोस् भनेर वास्तविक समयमा अनलाइन परीक्षण गराइरहेका बिरामीको सङ्ख्या अद्यावधिक गर्न निर्देशन दिइएको छ । यो आदेशको कार्यान्वयन डिसेम्बरसम्ममा हुनुपर्ने थियो ।

साथै, क्यान्सर रोगीहरूको उपचारको लागि रेडियोथेरापीमा पर्खनु पनि ठूलो समस्या हो । एम्समा रेडियोथेरापीका लागि बिरामीले लामो समय कुर्नुपरेको छ । यसैलाई ध्यानमा राख्दै एम्स प्रशासनले नोभेम्बर ३ मा कम्प्युटर सुविधा विभागलाई रेडियोथेरापी मेसिन युटिलाइजेशन ड्यासबोर्ड सुरु गर्न निर्देशन दिएको थियो । यस अन्तर्गत एम्स क्यान्सर सेन्टर र राष्ट्रिय क्यान्सर संस्थानमा उपलब्ध आठ वटै रेडियोथेरापी मेसिनबाट दैनिक विकिरण थेरापी सुविधा पाउने बिरामीको संख्याको जानकारी वास्तविक समयमा अनलाइन अपडेट गर्ने व्यवस्था छ । यो आदेश कार्यान्वयन हुनुअघि नै नोभेम्बर २३ मा सर्भरमा चबलकयmधबचभ आक्रमणका कारण एम्सको सर्भर ठप्प भएको थियो । जसका कारण आपतकालीन ड्यासबोर्डले पनि काम गर्न छाड्यो ।

अब यो सुविधा फेरि सुरु भए पनि सीटी स्क्यान, एमआरआई टेस्ट र रेडियोथेरापीसम्बन्धी डाटा अनलाइन बनाउने क्रम अलपत्र छ । यसबारे एम्सका प्रवक्ताका अनुसार सीटी स्क्यान, एमआरआई टेस्ट र रेडियोथेरापीसँग सम्बन्धित डाटा पनि छिट्टै अनलाइन हुनेछ । तर निश्चित समय सीमा सम्बन्धित विभागबाट जानकारी लिएर मात्र भन्न सकिन्छ ।

एम्सको इमर्जेन्सी ड्यासबोर्डका अनुसार मुख्य अस्पतालको आकस्मिक कक्षमा ८४ शैया रहेका छन्, जसमध्ये ६८ शय्या ओगटेको र १६ शय्या खाली देखिएका छन् भने ९८ जना बिरामी उपचारका लागि बाहिर पर्खिरहेका छन् । यसरी खाली शैयाको तुलनामा शनिबार ६ गुणा बढी बिरामी आकस्मिक बाहिर शैया पर्खिरहेका छन् । त्यस्तै ट्रमा सेन्टरमा उपलब्ध १ सय ५६ आकस्मिक शैयामध्ये ११ शय्या खाली र ४५ दुर्घटना पीडित बाहिर उपचारका लागि पर्खिरहेका छन् । जागरणबाट

Leave a Reply

ताजा समाचार

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);