राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई दह्रो ढंगले उठाउदै छः ध्रुबबहादुर प्रधान | ईमाउण्टेन समाचार

Our Network

असोज १७ २०८१, बिहीबार

राप्रपाले राजसंस्था र हिन्दु राष्ट्रको मुद्दालाई दह्रो ढंगले उठाउदै छः ध्रुबबहादुर प्रधान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का उपाध्यक्ष ध्रुबबहादुर प्रधानले राजसंस्था र हिन्दु राष्ट्र पुनःस्थापना गर्ने मुद्दालाई आफ्नो पार्टीले संसद भित्र र बाहिर पनि अझ दह्रो ढंगले उठाउने बताउनु भएको छ ।

उपाध्यक्ष प्रधानले राजा संस्थाले सिंगो नेपालको प्रतिनिधित्व गर्ने र हिन्दु धर्म सबैले मान्दै आएको धर्म भएकाले त्यसलाई पुनःस्थापना गर्नका लागि आफ्नो पार्टी अझै क्रियाशील भएर लागिपर्ने जिकीर गर्नु भएको हो । उहाँले सबैले मानिरहेको राजसंस्था र सबैले पालना गरिरहेको हिन्दु धर्मलाई राप्रपाले मुख्य एजेण्डा बनायो भनेर चिन्ता नगर्न पनि सबै राजनीतिक दलहरुलाई आग्रह गर्नु भयो । पूर्वकानुनमन्त्री समेत रहनु भएका प्रधानले राप्रपाले जनताको पक्षमा कुनै एजेण्डा नबोकेको भनेर भ्रम छर्न खोजिएको भन्दै आपत्ति समेत जनाउनु भयो । भ्रष्टाचार नियन्त्रण गर्न, कानुन निर्माण गर्न, जनतालाई नागरिकता दिनका लागि नागरिकता विधेयक ल्याउने कुरामा पनि राप्रपाले सरकारमा रहँदा धेरै काम गरेको भएपनि त्यसलाई ओझेलमा पार्ने प्रयास भईरहेको उहाँले गुनासो गर्नु भयो । उपाध्यक्ष प्रधानले भन्नु भयो, ‘सदनमा हिन्दु राष्ट्र स्थापनाका लागि राष्ट्रिय प्रजातन्त्र पार्टीबाट जितेर गएका प्रतिनिधिसभाका सांसदहरुले उठाईरहेकै छन । र, राजसंस्थाको पुनर्वहालीको कुरालाई अत्यन्त महत्वका साथ उठाईरहेको अवस्था चाँही हो । त्यसो गर्दा हामीले राजसंस्था र हिन्दु राष्ट्र स्थापनाको एजेण्डा मात्रै राप्रपाको एजेन्डा हो भनेर अलिकति भ्रम जनतामा फैल्याउने गरिएको छ । ती नेपालका आत्मा हुन । नेपाल भनेको धर्मप्रति आस्थावान मुलुक हो भन्ने कुरालाई समस्त देशलाई हामीले धार्मिक पहिचानसहितको हिन्दु राष्ट्र भनेर भनेका हौं भने राजसंस्था नरहे नेपाल रहँदैन भन्ने कुरो पनि हामीले सोचेका हौं । त्यसकारण राजसंस्था रहनुको पछाडि राप्रपाले एडभोकेसी गरिरहनुको अर्थ हो–राजा भनेको हाम्रो होइन, सारा नेपालीलाई प्रतिनिधित्व गरेको हुन्छ । र, राजा नेपालमा रहिराख्दासम्म, चाहे त्यो क्रियाशील रहून÷नरहून । राजा रहेसम्म नेपाल रहिरहन्छ भन्ने मान्यतालाई राखेर जनताका अन्य आवश्यक्ताका पक्षहरु हाम्रा एजेण्डामा सरिक गरेका छौं । जुन अवस्थाबाट अहिले जनताको सर्भिसहरु डेलिभरी भईराखेका छैनन् । जनताको इच्छा, आकांक्षाहरुलाई, उनीहरुका समस्याहरुलाई परिपूर्ति गर्नका लागि हामी सरकारमा रहँदाखेरी उठाएका मुद्दाहरु समेतलाई नियोजित ढंगले ढिला गर्ने र त्यसलाई प्रस्तुत नगर्ने प्रयासहरु भईराखेको छ । त्यसले जनपक्षीय राप्रपाको इमेजलाई अझ उजागर गरेको हामीले अनुभूति गरेका छौं । हामी सरकारमा रहँदा जनताको पक्षमा रहेर उठाईरहेका सबै कुराहरु भ्रष्टाचारलाई व्यवस्था गर्ने कुरा, कानुन निर्माण गर्ने कुरा, नागरिकताको कुरा, त्यसको विधेयक ल्याएर तत्काल लागू गर्नका लागि गरिएको प्रयासहरु छन । त्यो कुरालाई अन्यथा अरुले चाँही मान्य कुराहरु भए । राजसंस्था सधै मानिरहेको संस्था हो । सधैं पालना गरिराखेको धर्म हो । अन्ततः सबैले आर्थिक आस्था भएको कुरो भन्छन, गर्दछन । राप्रपाले उठाएको भनेर चिन्ता लिनु पर्दैन । अरुले उठाए पनि हामीले त्यसलाई स्वागत नै गर्छौं । त्यो प्राप्ती भएपछि देश रहन्छ भन्ने हाम्रो मान्यता हो । यसलाई अझ दह्रो ढंगले उठाईरहन्छौं ।’

उपाध्यक्ष प्रधानले दुई वटा संसदीय समितिको नेतृत्वमा आफ्नो पार्टीको दावी रहेको बताउनु भयो । संसदीय समितिमा हैसियत अनुसार सहभागी हुने उल्लेख गर्दै उहाँले त्यसमा पार्टीको तर्फबाट सदस्यमा सहभागिता रहने कुरा सुनिश्चित भईसकेको पनि बताउनु भयो । उपाध्यक्ष प्रधानले संसदीय समितिमा सबैले साथ दिए नेतृत्व पनि लिने, नभए समितिको सदस्यको रुपमा रहेर आफूहरुले काम गर्ने स्पष्ट पार्नु भयो ।

उपाध्यक्ष प्रधानले संसदीय समितिमा सदस्यको रुपमा रहने कुरा सुनिश्चित भएकाले नेतृत्वका लागि मरिहत्ते गर्ने पक्षमा आफ्नो पार्टी नरहेको बताउनु भयो ।

Leave a Reply

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);