काठमाडौं । वैशाख १० गते हुने प्रतिनिधिसभा सदस्य उपनिर्वाचनका लागि नेपाल भारत सिमा बन्द गरिने भएको छ ।
जिल्ला प्रशासन कार्यालय बाराले एक सूचना जारी गर्दै शुक्रबार राति १२ बजेदेखि १० गते आइतबार राति १२ बजसम्म जिल्लाका नेपाल–भारत सिमाना बन्द रहने जनाएको हो ।
यसैगरी, मंगलबार राति १२ बजेदेखि मतदान सम्पन्न नभएसम्म जिल्लाभरी सबै प्रकारका मादक पदार्थ ओसारपसार, बिक्री वितरण र सेवनमा समेत रोक लगाईएको जिल्ला प्रशासन कार्यालय बाराले जनाएको छ ।