काठमाडौं । त्रिवि क्रिकेट मैदान किर्तिपुरमा जारी एसीसी प्रिमियर कप क्रिकेटमा नेपालले ओमानलाई ३११ रनको लक्ष्य दिएको छ ।
टस हारेर ब्याटिङको निम्तो पाएको नेपालले निर्धारित ५० ओभरमा ८ विकेट गुमाएर ३१० रन बनाएको हो । जारी खेलमा अहिले ओमानले ४.३ ओभरमा ३२ रन जोड््दा एक विकेट गुमाएको छ । ओमानले ओपनर जसिन्दर सिंहलाई गुमाएको छ । नेपालका लागि ललितराज वंशीले विकेट लिएका हुन् ।
नेपालका लागि कुशल मल्लले शतक पुरा गरे भने सोमपाल कामीले अर्धशतक बनाएका थिए ।