कार्यालय सहयोगीकै भरमा सिरहाको पशु क्वारेन्टाइन सञ्चालनमा | ईमाउण्टेन समाचार

Our Network

पुष २ २०८१, मंगलबार

कार्यालय सहयोगीकै भरमा सिरहाको पशु क्वारेन्टाइन सञ्चालनमा

सिरहा, २० पुष । सिरहाको माडरमा रहेको पशु क्वारेन्टाइन कार्यालय सहयोगीको भरमा सञ्चालनमा छ ।पशु क्वारेन्टाइन प्रमुख र पशु स्वास्थ्य प्राविधिक विभिन्न बहानामा नियमित कार्यालय नजाने गरेपछि सहयोगीको भरमा कार्यालय सञ्चालन भएको हो ।

पशुपन्छीको अवैध आयातका कारण विभिन्न रोगको संक्रमणको जोखिम बढिरहेका बेला क्वारेन्टाइन कार्यालयमा भने लापर्बाही भइरहेको छ । पशु क्वारेन्टाइन कार्यालयका प्रमुख पशु चिकित्सक चन्द्रकिशोर यादव पुस १३ गतेदेखि र पशु स्वास्थ्य प्राविधिक महेन्द्रप्रसाद यादव पुस १६ गतेदेखि कार्यालय गएका छैनन् ।

यस्तै, अनुगमनका लागि आउने पशु क्वारेन्टाइन कार्यालय विराटनगरका पशु चिकित्सक फेकन साहले पनि हचुवाको भरमा निरीक्षण गरेर फर्किने गरेका छन् । अनुगमन भ्रमण प्रतिवेदनमा कार्यालय प्रमुख र कर्मचारी नियमित कार्यालयमा उपस्थित रहने गरेको साहको प्रतिवेदनमा उल्लेख छ ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);