रामेछापमा लागुऔषधविरुद्धको कार्यक्रम प्रभावकारी भएन | ईमाउण्टेन समाचार

Our Network

चैत १६ २०८०, शुक्रबार

रामेछापमा लागुऔषधविरुद्धको कार्यक्रम प्रभावकारी भएन

रामेछाप, २० पुष । रामेछापमा लागुऔषधविरुद्धको कार्यक्रम निष्प्रभावी देखिएको छ । गृह मन्त्रालयको लागुऔषध नियन्त्रण कार्यक्रमअन्तर्गत सञ्चालित लागुऔषध दुरुपयोगविरुद्धका कार्यक्रम औपचारिकतामा मात्र सीमित भएको हो ।

रामेछापमा गृह मन्त्रालयमार्फत नै लागुऔषध दुरुपयोगविरुद्धको कार्यक्रम सञ्चालनमा आए पनि त्यस्ता कार्यक्रमको प्रभावकारितका लागि कसैले चासो नदिएको स्थानीय सरोकारवालाहरुको भनाइ छ ।

रामेछापमा कति मानिसले लागुऔषध प्रयोग गर्छन्, त्यसको तथ्यांकसमेत कुनै निकायसँग छैन । तर, पनि जिल्लाका सहरी क्षेत्रमा लागुऔषध प्रयोग गर्नेको संख्या बढ्दै गएको सरोकारवाला निकायको अनुमान छ ।

नेपालमा दुई लाखभन्दा बढी लागुऔषध प्रयोगकर्ता रहेको गृह मन्त्रालयको लागुऔषध नियन्त्रण कार्यक्रमले जनाएको छ । तथ्यांकअनुसार वार्षिक २० देखि ४० अर्ब रकम लागुऔषधका लागि विदेशिने गरेको छ भने समाजका ८० प्रतिशत घटना लागुऔषध प्रयोगकै कारण हुने गरेका छन् ।

(function ($) { $(function () { $('#announcementModal').modal('show'); }) })(jQuery);